पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु

हिमाल प्रेस २ असार २०८२ २१:०९
38
SHARES
पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु

तानसेन (पाल्पा)- पाल्पा पूर्वखोला गाउँपालिका-५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज (सोमबार) साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। उनका अनुसार ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।

दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। गाडी सडकदेखि ३०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०८२ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast