
काठमाडौँ- आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करण यही असार ६ देखि सुरू हुने भएको छ। यही असार ६, ७ र ८ गते महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवको नारा ‘आदिवासी जनजाति चलचित्रको प्रवद्धर्न, मौलिक भाषा संस्कृतिको संरक्षण’ राखिएको छ। महाेत्सव आदिवासी जनजाति चलचित्र महासंघ र आदिवासी जनजाति चलचित्रकर्मीहरुले आयोजना गर्न लागेको हो।
महोत्सवको समुद्घाटन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन्। महाेत्सवमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथाकार, उत्कृष्ट छायाकार, उत्कृष्ट लघु फिल्म, उत्कृष्ट वृत्तचित्र, पब्लिक चोईस अवार्ड र जुरी प्रोत्साहन अवार्ड गरी ८ विधामा पुरस्कार वितरण गरिनेछ।
फिल्मको माध्यमबाट आदिवासी जनजातिहरुका मौलिक कला-संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग गर्ने आयोजकको लक्ष्य छ।
२०४४ सालमा पहिलोपटक नेवारी भाषामा फिल्म ‘शिलु’ बनेको थियो। त्यसयता ७०० सयभन्दा बढी फिल्म आदिबासीको कथामा बनिसकेको आयोजकको दाबी छ।