राप्रपाले गर्‍यो संसद् बैठक बहिष्कार, भत्ता नलिने

हिमाल प्रेस २ असार २०८२ १२:४५
12
SHARES
राप्रपाले गर्‍यो संसद् बैठक बहिष्कार, भत्ता नलिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद् बैठक बहिष्कार गरेको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरू आआफ्नो ठाउँबाट उठेका थिए।

त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न दिए। भनाइ राख्दै लिङ्देनले संसद् बैठक बहिष्कार र भत्ता नलिने बताएका हुन्।

भिजिट भिसा प्रकणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन र राजीनामा माग गरेका छन्।

प्रकाशित: २ असार २०८२ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast