मंगलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

हिमाल प्रेस २ असार २०८२ ७:०३
4
SHARES
मंगलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम- अछामको मंगलसेन नगरपालिकाले आफ्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । मंगलसेन बजारभित्रको सबै फोहोर मध्य पहाडी राजमार्गअन्तर्गत ठूलासैन–मंगलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो ।

मंगलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियो । नागरिकलाई असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ।

पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुप्रो देख्न सकिन्छ। बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जंगलको सडक छेउछाउमा थुपारिएको छ । घरबाट निस्कने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, ब्वायलर कुखुराको भुत्ला, मदिराका बोतलहरू लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ ।

यसरी जथाभाबी फोहोर फालिँदा जङ्गल नै कुरूप मात्र होइन, स्वास्थ्यको जोखिम बढेको स्थानीयले बताएका छन्। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन् सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ।

फोहोर हटाउन र त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरी पटकपटक नगरपालिकालाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद ढुंगानाले बताए।

करिब एक वर्षदेखि फोहोर त्यहाँ फाल्ने गरेको उनले बताए।

प्रकाशित: २ असार २०८२ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast