असारे भाकामा ‘असारकाे किस्ने’ सार्वजनिक

हिमाल प्रेस १ असार २०८२ १६:३१
12
SHARES
असारे भाकामा ‘असारकाे किस्ने’ सार्वजनिक

काठमाडौँ- असार भाकामा ‘असारकाे किस्ने’ बोलको गीत सार्वजनिक भएको छ। यसवर्ष असारमा सार्वजनिक भएको यो पहिलो गीत हो।

गीत विदुर घोरासैनी र रुद्र केसी शब्द र संगीतमा बनेको छ। गीतकार विदुर र रुद्रसहित सुशीला लामा र विश्वोरी देवीले गाएका छन्। आर के मिलनको संगीत संयोजन रहेको गीत द पिक स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोमा विश्वोरी देवी, विकाश बस्नेत र लोकबहादुर श्रेष्ठले अभिनय गरेका छन्। उमेश कार्की ‘युके’को सिनेम्याटोग्राफी र निर्देशनमा बनेको भिडियोमा असारमा धान राप्ने समयलाई कैद गरिएको छ।

रोशन धितालको सम्पादनमा बनेको गीतको भिडियो विदुर घोरासैनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast