भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

हिमाल प्रेस १ असार २०८२ १२:५२
8
SHARES
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

सिमकोट- सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ।

नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताए।

राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने अध्यक्ष भण्डारीले बताए।

वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन्।

अब बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुने उनले बताए। यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन।

प्रकाशित: १ असार २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast