निर्माणाधीन बेलिब्रिज भाचिएको प्रकरण : ३ घाइते मजदूरको उपचारका क्रममा मृत्यु

हिमाल प्रेस १ असार २०८२ ७:३८
8
SHARES
निर्माणाधीन बेलिब्रिज भाचिएको प्रकरण : ३ घाइते मजदूरको उपचारका क्रममा मृत्यु

पाँचथर- पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदूरको मृत्यु भएको छ।

मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमराका तीन जना मजदुरको उपचारकोक्रममा विराटनगरमा मृत्यु भएको हो।

पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि घाइते मजदुरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। उपचारको क्रममा बाराको सिमरा उप महानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी र प्रकाश चौधरीसँगै २७ वर्षीय राजन चौधरीको मृत्यु भएको घोषणा चिकित्सकले गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते सबैलाई उपचारका लागि शनिबार राति नै पाँचथरबाट नोबेल अस्पाल विराटनगर पठाइएको थियो।शनिबार निर्माणकैक्रममा बेलिब्रिज खस्दा ६ जना मजदूर घाइते भएका थिए ।

मेची राजमार्गअन्तर्गत पर्ने हेवा खोलाको बेलिब्रिज निर्माण कार्य सडक डिभिजन इलामले गर्दै आएको थियो। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने यो पुल निर्माणकोक्रममा भाँचिएसँगै वर्षाको समयमा ताप्लेजुङसहित पाँचथरका केही गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुने जोखिम बढेको छ ।

प्रकाशित: १ असार २०८२ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast