
धादिङ– धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।
हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो।
मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ। थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
प्रकाशित: ३१ जेठ २०८२ १५:५३
प्रतिक्रिया