आख्यानकार जयराम तिमल्सिनाको कृति ‘धीमहि’को विमर्श

हिमाल प्रेस ३१ जेठ २०८२ १०:०३
28
SHARES
आख्यानकार जयराम तिमल्सिनाको कृति ‘धीमहि’को विमर्श

काठमाडौँ- आख्यानकार जयराम तिमल्सिनाको उपन्यास धीमहि नवलपरासीको दि नारायणी रिसोर्टमा विमर्श गरिएको छ।

‘पाठकको अदालतमा जयराम तिमल्सिना’ शीर्षकमा विमर्श भएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार एलबी क्षेत्री न्यायाधीशको रूपमा उपस्थित थिए । समालोचक रमेश प्रभात सहजकर्ता रहेको कार्यक्रममा साहित्यकार द्वय लक्ष्मी बराल र सूर्यप्रकाश कँडेल वक्ताको भूमिकामा थिए।

उपन्यासले पाठकलाई तानेर लैजान सक्ने शक्ति रहेको वक्ताहरुले बताए। वक्ता कँडेलले आध्यात्मिक पन दिने कृतिमा पात्रविन्यास मिलेको बताए।

परिवेशले नभइ पात्रले कथा भनिरहेको पक्ष अलि कमजोर रहेको उनको भनाइ थियो। कृतिमा स्थान र परिवेश प्रस्ट खुल्न नसकेको पनि उनले बताए ।

प्राचीन समयको तथा सय वर्ष अगाडिका मिथकहरुलाई तथ्यको रुपमा लेख्न नसकिने तर आख्यानिकरण गर्न सकिने लेखक तिमल्सिनाले बताए। आफूले सोही प्रकृतिको आख्यानको कल्पना गरेको पनि उनले बताए। उपन्यासमा आफूले भोगेका बाल्यकालका घटना समेत जोडिएको उनको भनाइ थियो।

अर्की वक्ता बरालले कृतिमा महिला पात्रलाई न्याय दिलाइएको तर पुरुष पात्रले त्यति नपाएको बताइन्। धीमहि तिमल्सिनाको पहिलो कृति हो। कार्यक्रममा करिब ६० जना भन्दा बढीको उपस्थिति थियो ।

विमर्शको अन्त्यमा न्यायाधीश को भूमिकामा रहेका साहित्यकार क्षेत्रीले उपन्यासको पात्र दीपेन्द्रले गरेको आत्महत्याको विषय नखुलेको बताए। यस्तै, सुयोग र दीपेन्द्र विशेष पात्रको रुपमा रहेका बताए।

धीमहि कृति ध्यान र समर्पणमा पुगेर टुंगिएको उनको भनाइ थियो। लेखनमा कृतिकारका केही कमजोरी पनि औंल्यएका थिए। देशमा शान्ति हराएको समयमा तिमल्सिनाले एउटा गहन उपन्यास ल्याएको भन्दै उनी सफल भएको प्रस्ट पारे।

प्रकाशित: ३१ जेठ २०८२ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast