
काठमाडौँ- नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रकाशित: ३१ जेठ २०८२ ६:३१
प्रतिक्रिया