
काठमाडौँ- आज जेठको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।
साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता नेपालमा तीन नयाँ फिलम प्रदर्शनमा आएको छ। नेपाली फिल्म ‘महाभोज’ र हलिउड फिल्म ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’। यी बाहेक पनि हिन्दी, अंग्रेजी र नेपाली फिल्म चलिरहेकै छ। त्यस्तै थिएटरमा ‘डल्ले खोला’, ‘मिरा’, ‘मञ्जिरा’ गरी तीन नाटक मञ्चनरत छ। अन्य चित्रकला प्रदर्शनी पनि चलिरहेको छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
उपत्यकामा केके हुँदै छ त हेरौं,
तारागाउँ सांस्कृतिक केन्द्रमा वातावरणसम्बन्धी कला प्रदर्शनी
तारागाउँ नेक्टस्थित सांस्कृति केन्द्रमा ‘एट द टिपिङ प्वाइन्ट- आर्ट एण्ड इकोलोजी फ्रम द रुफटप अफ द वल्ड’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ।
जेठ २२ देखि चलिरहेकाे प्रदर्शनीमा प्रकृतिमा परेको प्रभाव र वातावरणीय संकटको विषयमा १२ जना नेपाली र विदेशी कलाकारले सिर्जना गरेको भिडियो तथा तस्बिर छन्। प्रर्दशनीमा जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै कला प्रस्तुत गरिएको छ।
तीन महिनासम्म चल्ने प्रदर्शनीमा प्रवेश स-शुल्क छ। विद्यार्थीको लागि टिकट दर रु.२०० रुपियाँ र अन्यको लागि रु. ३०० रुपियाँ तोकिएको छ। प्रदर्शनी सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको हो।
शिल्पी थिएटरमा ‘डल्ले खोला’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन भइरहेको छ। जेठ २९ देखि मञ्चनरत नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साँझ ५ः१५ बजे। रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा मञ्चन भएको हो। नाटकका लेखक कथाकार परशु प्रधान हुन्। नदी/खोलाको विषयमा पुल बनाउने बाहानामा भइरहेको राजनीति नाटकको मुख्य विषयवस्तु हो। यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश छ।
मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे मञ्चन हुने नाटकमा कलाकार उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईले अभिनय गरेका छन्। एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्माता सौजन सेनेहाङ हुन्।
कान्तिपुर थिएटरमा ‘मीरा’
गैरीधारास्थित कान्तिपुर थिएटरमा जेठ १९ देखि नाटक ‘मीरा’ मञ्चन भइरहेको छ। नाटकमा मीरा र कृष्णको बाल्यकालदेखिको प्रेमकथा प्रस्तुत गरिएको छ। मीराको भूमिकामा अभिनेत्री रेखा थापा छिन् भने कृष्णको भूमिकामा विशाल देवकोटा। अभिनेत्री थापाको पहिलो नाटक हो। उनी नाटकको मुख्य भूमिकामा छिन्। अन्य कलाकार बिन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काले अभिनय गरेका छन्। नाटक आगामी असार ७ सम्म मञ्चन हुनेछ। दीपक सिंजालीको उपन्यासमा आधारित नाटक सुन्दर धितालको परिकल्पना र निर्देशनमा बनेको छ। बुधबारबाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे मञ्चन भइरहेको छ।
मण्डलामा ‘मञ्जिरा’
थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ देखि नाटक ‘मञ्जिरा’ चलिरहेको छ। नाटकका लेखक सन्देश घिमिरे र सोमनाथ खनाल हुन्। सोमनाथकै परिकल्पना र निर्देशनमा बनेको नाटक आगामी असार ८ सम्म मञ्चन हुनेछ। नाटक जनयुद्धमा पीडित भएका युवतीको कथामा आधारित छ। नाटकले ती युवतीको अवस्था र उनले खोज्ने न्यायलाई समेट्न खोजेको छ। मञ्चमा कलाकार सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, सुशांक मैनाली र अनुप न्यौपाने देखिनेछन्। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका ५ : १५ बजे र शनिबार दिउँसो १ बजेको सो छ।
हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म
महाभोज
यही जेठ ३० देखि हलमा ‘महाभोज’ फिल्म प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। सरकारी पीडितको कथामा बनेको फिल्म सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकामा राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको १४ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, सिडिसी सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म ‘महाभोज चलिरहेको छ।
फ्रम द वल्ड्र अफ जोन विकः ब्यालेरिना
हलिउड फिल्म ‘ब्यालेरिना’ यही जेठ ३० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक लेन वाइजम्यान हुन्। फिल्ममा एना डे आर्मास केनु रिभ्सइयान, म्याकशेनलगाय कलाकारको अभिनय छ।
सिनेमाअन्तर्गत शनिबार उपत्यकामा राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको १६ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिके सिनेमाज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज फिल्म ‘फ्रम द वल्ड्र अफ जोन विकः ब्यालेरिना’ चलिरहेको अन्य हल हुन्।
हाउ टु ट्रेन योर ड्रागन
त्यस्तै हलिउड फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ पनि जेठ ३० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्ममा मेसन थेक्स, निको पार्कर, जेरार्ड बटलर, निक फ्रस्टलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक डीन डेब्लोइस हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकामा राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, सिभिल मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको १६ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति हलमा फिल्म प्रदर्शन भइरहेको छ।
‘जन्ते बाख्रो’
फिल्म ‘जन्ते बाख्रो’ यही जेठ २३ देखि हलमा प्रदर्शन भइरहेको छ। सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्मको कथा जन्तीलाई विवाहमा खुवाइने भोजको विषयमा आधारित छ। अभिनेता सौगात मल्ल, अभिनेत्री गरिमा शर्मा मुख्य भूमिकामा छन्। साथै आसिफ शाह, कुशुम शर्मा, समापिका गौतमलगायत कलाकारले पनि अभिनय गरेका छन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिल मल, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
नरसिंहा अवतार
जेठ ९ देखि फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शनरत छ। दिवाकर भट्टराई निर्देशित फिल्म प्रेम, परिवार र बदलाको कथामा आधारित छ। एक्सन थ्रिलर र ड्रामा जनरामा बनेको फिल्ममा राजेश हमाल, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीति शाहलगायत कलाकारको अभिनय छ। उपत्यकामा शनिबार सिके सिनेमाज र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। फिल्मले १० करोडभन्दा माथिको व्यापार गरिसकेको छ।
प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ७ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।
अञ्जिला
फिल्म ‘अञ्जिला’ क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मलमा एकल सोसहित प्रदर्शन भइरहेको छ। फिल्मको कथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ। उनको घरबाट बाहिर निस्कनेदेखि कप्तान बन्नेसम्मको यात्रालाई फिल्ममा देखाइएको छ।
एञ्जिला स्वयंको अभिनय रहेको फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकार छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।
लाज शरणम्
गतवर्ष फागुन १४ देखि प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ रञ्जना सिनेप्लेक्समा एकल सोसहित चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।
‘हाउसफूल ५’
हिन्दी फिल्म ‘हाउसफूल ५’ जेठ २३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अक्षय कुमार, रितेश दृेशमुख, अभिषेक बच्चन, सञ्जय दत्तलगायत कलाकार छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक तरुन मन्सुखानी हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र सिभिल मलमा फिल्मको १७ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज, अष्टनारायण हल फिल्म ‘हाउसफूल ५’ चलिरहेको अन्य हल हुन्।
कराते किड : लेजेन्ड
हलिउड फिल्म ‘कराते किड : लेजेन्ड जेठ १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फ्यामिली, एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक जोनाथन एन्टविस्टल हुन्। फिल्ममा ज्याकी चान जोसुआ, ज्याक्सन राल्फ म्याचियो मुख्य भूमिकामा छन्।क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको एक सो छ।
लिलो स्टिच
जेठ ९ देखि हलमा हलिउड फिल्म ‘लिलो स्टिच’ चलिरहेको छ। एडभेन्चर, कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देहक डीन फ्लीशर क्याम्प हुन्। फिल्ममा बिली म्याग्नुसेन, हन्ना वाडिह्याम मुख्य भूमिकामा छन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको लबिम मलमा फिल्मको एक सो छ।
मिसन इम्बोसिबल – द फाइनल रेकनिङ
जेठ ९ देखि नै नेपालमा हलिउड फिल्म ‘ मिसन इम्बोसिबल – द फाइनल रेकनिङ’ प्रदर्शनरत छ। एक्सन, एडभेन्चर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक क्रिस्टोफर म्याकक्वारी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, भिङ राम्स र साइमन पेगलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, र छाया सेन्टरमा फिल्मको तीन सो छ।
फाइनल डेस्टिनेसनः ब्लडलाइन
हलिउड फिल्म ‘फाइनल डेस्टिनेसनः ब्लडलाइन’ नेपालमा जेठ २ देखि प्रदर्शनभइरहेको छ। फिल्म हरर ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक ज्याक लिपोभ्स्की र एडम बी स्टेन हुन्। फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोन मुख्य भूमिकामा छन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको एक सो छ।