फेरि सडक शुल्क उठाउँदै सरकार (कुन सवारीसाधनको कति?)

हिमाल प्रेस ३० जेठ २०८२ १५:०८
2
SHARE
फेरि सडक शुल्क उठाउँदै सरकार (कुन सवारीसाधनको कति?)

काठमाडौँ– देशभरका मुख्य सडकहरूमा सरकारले पुनः  उपभोग शुल्क संकलन गर्ने भएको छ। सडक मर्मतसम्भारका नाममा सवारीसाधनहरूसँग शुल्क उठाउन लागिएको हो।

सडक बोर्ड नेपालले कोरोना महामारीअघिसम्म १५ वटा सडकमा शुल्क संकलन गर्दै आएको थियो। अब बोर्डले शुल्क संकलन पुनः सुरु गर्ने निर्णय गरेको हो। यसपटक एक सुरुङमार्गसहित आठ नयाँ सडकखण्डमा शुल्कको दायरामा ल्याइएको छ। तीमध्ये दुई सडक-काठमाडौँ-तराई-मधेश द्रुतमार्ग र नागढुंगा-नौबिसे सुरुङमार्ग अझै सञ्चालनमा आइसकेका छैनन्।

बाँकी २३ सडकमा चाँडै शुल्क संकलन सुरु गरिने बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले भुमही-भैरहवा सडकखण्डमा साउन १ गतेदेखि शुल्क संकलन गरिने बताए। उनका अनुसार नागढुंगा सुरुङमार्गमा भने पुस १७ (जनवरी १, २०२६) बाट शुल्क संकलन सुरु गरिने योजना छ।

केसीले भने, ‘धेरै सडकहरू विस्तार र मर्मतका क्रममा छन्। त्यसैले सबैको शुल्क संकलन तत्काल सुरु हुने छैन। चालु अवस्थामा रहेका सडकमा मात्र सुरुमा शुल्क लागू गरिनेछ।’

केसीका अनुसार शुल्क संकलन प्रणाली पूर्ण रूपमा अनलाइनबाट हुनेछ। सवारीसाधनले सडक बोर्डद्वारा जारी गरिएको कार्ड अनिवार्य रुपमा राख्नुपर्नेछ। गेट पार गर्दा शुल्क स्वतः कटौती हुनेछ।

शुल्क संकलनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न विकास साझेदारहरूको सहयोगसमेत खोजी भइरहेको केसीले बताए। सडक शुल्क संकलन पुनः सुरु भएपछि राजस्व वृद्धि, सडक मर्मतको नियमितता र आधुनिक डिजिटल प्रणालीको प्रयोगले समग्र सडक पूर्वाधारको व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

शुल्क संकलनका लागि थपिएका सडक

बुटवल-लमही (पूर्व-पश्चिम राजमार्ग)
लमही-कोहलपुर
कोहलपुर-अत्तरिया
अत्तरिया-गड्डाचौकी
धुलिखेल-तातोपानी (अरनिको राजमार्ग)
मुग्लिन-पोखरा (पृथ्वी राजमार्ग)
काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (निर्माणाधीन)
नागढुंगा सुरुङमार्ग (निर्माणाधीन)

पहिल्यै शुक्ल लाग्दै आएका १५ सडक

हेटौँडा-नारायणगढ
नारायणगढ-बुटवल
नौबिसे-मुग्लिन
भैरहवा-भुमही
काँकडभिट्टा-दमक
दमक-इटहरी
विराटनगर-धरान
कोशी-चौहरवा
चौहरवा-पथलैय्या
हेटौँडा-वीरगन्ज
वीरगन्ज-पथलैया
धुलिखेल-खुर्कोट
खुर्कोट-सिन्धुली-बर्दिबास
पाँचखाल-मेलम्ची

प्रकाशित: ३० जेठ २०८२ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast