नेपाल प्रहरीको बजेट बढ्छ : गृहमन्त्री लेखक

हिमाल प्रेस ३० जेठ २०८२ ११:४६
72
SHARES
नेपाल प्रहरीको बजेट बढ्छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले आगामी वर्ष नेपाल प्रहरीतर्फको बजेटमा उल्लेख्य वृद्धि भएको बताएका छन्। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको साधन, श्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ। उनले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताए।

वर्षभरका लागि तलब, पोसाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ। अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एन्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए।

गृहमन्त्री लेखकले भने, ‘यसपालि तुलनात्मक रूपले सुखद कुरा के छ भने आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको छ । उल्लेख्य भनेको धेरै बढी होइन, मुलुकको साधन र श्रोत तथा बजेटको स्थितिलाई हेर्दा तुलनात्मक रूपले राम्रो छ । यो भन्दा पहिला जम्माजम्मी ८ देखि ९ महिनासम्मका लागि तलब, पोसाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुन्थ्यो। यसपालि तलब, पोसाक, रासन एकमुष्ट वर्षभरका लागि विनियोजन गरिएको छ। त्यसमा अब कुनै तनाव हुनेवाला छैन।

उनले भने, ‘त्यसपछि थप केही श्रोत, साधनहरू जस्तो अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय होस् वा गाडीहरूका लागि ल एन्ड अर्डर मेण्टन गर्नका लागि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुनेछैन । तर अब त्यसअनुरूप रिजल्ट पनि दिनुपर्छ।’

गृहमन्त्री लेखकले बढी भन्दा बढी प्रविधिको प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए ।

प्रकाशित: ३० जेठ २०८२ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast