
बैतडी- पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ ।
दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए।
सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।
प्रकाशित: ३० जेठ २०८२ ११:४२
प्रतिक्रिया