भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड

हिमाल प्रेस २९ जेठ २०८२ १९:३६
30
SHARES
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्ने प्रतिबद्धता जनाएको बताएका छन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन गर्नुपर्ने आफूहरूको मागमा सत्तापक्षले सकारात्मक प्रतिबद्धता जनाएको बताएका हुन्।

उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहीबेर बसेर स्थगित गरिएको उनको भनाइ छ।

प्रतिपक्षी दलहरूबीच पनि सकारात्मक कुराकानी भइरहेको उनले बताए। प्रचण्डले समिति बनाएपछि तत्काल छानबिन सुरु हुने भन्दै अख्तियारसँग कुनै सरोकार नरहेको जिकिर गरे।

प्रकाशित: २९ जेठ २०८२ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast