प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरेरै स्थगित, अब शुक्रबार बस्ने

हिमाल प्रेस २९ जेठ २०८२ १९:२८
20
SHARES
प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरेरै स्थगित, अब शुक्रबार बस्ने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठक प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। अपराह्न ३ बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो। सो समयमासमेत बैठक बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि निर्धारण गरिएको थियो।

निर्धारित समयमा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले विरोध जारी राखे। सभामुख देवराज घिमिरेले पटकपटक विपक्षी दलका सांसदलाई आशनग्रहण गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराए। ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्।

यसबीचमा प्रमुख दलबीच सहमतिको बिन्दु पहिल्याउन पटकपटक द्विपक्षीय, बहुपक्षीय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन। सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो।

प्रकाशित: २९ जेठ २०८२ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast