
काठमाडौँ- भारतको हैदराबादमा छायांकन भइरहेको बलिउड फिल्म ‘द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको छ। सेटमा रहेको पानी ट्यांकी फुटेर बाढी आएजस्तो अवस्था सिर्जना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको थियो। ट्यांकी फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो। सेटमा भएका सबै सामग्री नष्ट भएको छ। तीव्र पानीको बहावका कारणसबै सामान बगाएको छ। सेटपनि डुबेको देखिएको छ।
घटनामा केही सदस्य पनि घाइते भएको छन्। घाइतेहरूलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुको नाम सार्वजनिक भएको छैन्। हाल सुरक्षाका कारणले गर्दा फिल्मको छायाङ्कन पूर्ण रूपमा रोकिएको छ।
यो राम चरणले निर्माण गरेको पहिलो फिल्म हो। फिल्मका निर्देशक रामवंशी कृष्ण हुन्। फिल्ममा निखिल सिद्धार्थ, साई मांजरेकर, अनुपम खेरलगायत कलाकारको अभिनय रहनेछ।