ट्रम्पको चेतावनी : मध्यपूर्व क्षेत्र झन् खतरनाक बन्न सक्छ

हिमाल प्रेस २९ जेठ २०८२ १२:५८
22
SHARES
ट्रम्पको चेतावनी : मध्यपूर्व क्षेत्र झन् खतरनाक बन्न सक्छ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको असफल परमाणु वार्ताका कारण मध्यपूर्व झन् खतरनाक बन्न सक्ने  चेतावनी दिएका छन्। उनले असफल परमाणु वार्ताका कारण सुरक्षा स्थिति बिग्रने आशंकाले अमेरिकी कर्मचारीहरूलाई मध्यपूर्वबाट हटाउन थालिएको बताएका हुन्।

वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरूलाई हटाइँदै छ किनभने त्यो स्थान खतरनाक बन्न सक्छ। हामीले हटाउने सूचना दिइसकेका छौँ, अब हेर्छौं के हुन्छ।’

पत्रकारहरूले क्षेत्रीय तनाव कसरी कम गर्न सकिन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘उनीहरूसँग परमाणु हतियार हुनै सक्दैन, कुरा एकदमै सीधा हो। हामी त्यसको अनुमति दिँदैनौँ।’

इराकस्थित अमेरिकी दूतावास आंशिक रूपमा कर्मचारी हटाउने तयारीमा छ। बहराइन तथा कुवेतबाट स्वेच्छिक रूपमा प्रस्थान गर्न अनुमति दिइएको छ। अमेरिकी परराष्ट्र विभागले बुधबार विश्वभर ‘ट्राभल एडभाइजरी’ अद्यावधिक गर्दै भनेको छ, ‘११ जुनमा क्षेत्रीय तनाव बढेकै कारण परराष्ट्र विभागले गैरआपत्कालीन अमेरिकी सरकारी कर्मचारीलाई क्षेत्र छाड्ने आदेश दिएको छ।’

राष्ट्रपति ट्रम्पले विगतमा पनि परमाणु वार्ता असफल भएमा इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए। उनले बुधबार भने, ‘तेहरान युरेनियम प्रशोधन रोक्न तयार हुनेछ भन्ने विश्वास घट्दै गएको छ।’ इरानी रक्षामन्त्रीले इरानमाथि आक्रमण भयो भने अमेरिकाका क्षेत्रीय सैन्य अड्डामा प्रतिकार प्रतिकार गर्ने चेतावनी दिएका छन्।

अमेरिका आफ्नो इराकस्थित दूतावासबाट आंशिक रूपमा कर्मचारी हटाउने तयारीमा छ। क्षेत्रीय सुरक्षाजन्य जोखिम बढेकाले मध्यपूर्वका विभिन्न स्थानबाट अमेरिकी सैन्यकर्मीका परिवारलाई बाहिरिन अनुमति दिइनेछ। एपीको सहयोगमा

प्रकाशित: २९ जेठ २०८२ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast