
काठमाडौँ- धनकुटामा चट्याङ परी एकजना घाइते भएका छन् भने चौपायाहरू मरेका छन्।
बुधबार साँझ अविरल वर्षासँगै परेको चट्याङमा परि धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ७० का सूर्यबहादुर बस्नेत घाइते भएका हुन्।
राति साढे आठ बजेतिर घर र गोठमा चट्याङ पर्दा घरमै बसिरहेका बस्नेतको शरीरका विभिन्न भागमा चोट लागेको छ।
उनको पाख्रीबास स्थित स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। त्यस्तै उनको गोठमा बाँधेर राखिएको एउटा गोरु र भैँसीको एउटा पाडो मरेका छन्।
बुधबार साँझ पूर्वी नेपालमा हावाहुरी सँगै चट्याङ र वर्षा भएको छ।
प्रकाशित: २९ जेठ २०८२ ६:४९
प्रतिक्रिया