
काठमाडौँ- निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनका लागि बुधबार रातिका लागि तय भएको मतदान बिहीबार बिहान मात्रै हुने भएको छ।
यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको हो।
सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै भोलिका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको हो। अध्यक्षमा सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा छन्।
प्रकाशित: २९ जेठ २०८२ ६:४६
प्रतिक्रिया