यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

हिमाल प्रेस २८ जेठ २०८२ १४:५६
28
SHARES
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले नेपाल-चीनबीचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।

उनले असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ह्लासामा आयोजना हुने व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने निर्णय भएको बताए। यसैगरी बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

बैठकले असार १० देखि १२ गतेसम्म चीनको बेइजिङमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड आफ गभर्नसको वार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ।

यस्तै निर्माण व्यवसायसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तह अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ। नेपाल गुणस्तर(प्रमाणपत्र) तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

प्रकाशित: २८ जेठ २०८२ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast