‘महाभोज’ को टिकट बुकिङ खुल्ला

हिमाल प्रेस २८ जेठ २०८२ १४:१०
6
SHARES
‘महाभोज’ को टिकट बुकिङ खुल्ला

काठमाडौँ- फिल्म ‘महाभोज’ को टिकट बुकिङ खुलाइएको छ। देशभरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनिङ हलले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएको हो।

फिल्म यही ३० जेठदेखि प्रदर्शन हुनेछ। सुरूवातमा फिल्मले करिब २ सय सो पाएको वितरकहरूले बताएका छन्।

फिल्मको काठमाडौँ, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ। प्रिमियरमा केही सहकारी पीडितहरूले पनि फिल्म हेरे। उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई फिल्मले ठूलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन्। उनीहरूले फिल्म धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन्।

विकास सुवेदीको लेखन र दिनेश राउतको निर्देशनमा बनेको छ। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायत कलाकारको अभिनय छ। विशेष भूमिकामा सुरक्षा पन्त पनि छिन्।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको फिल्मका निर्माता हिमाल कडरिया हुन्।

प्रकाशित: २८ जेठ २०८२ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast