‘राजनीतिक नेतृत्वले जनतामा निराशा फैलिन नदिनेगरी काम गर्नुपर्छ’

हिमाल प्रेस २८ जेठ २०८२ १२:०७
10
SHARES
‘राजनीतिक नेतृत्वले जनतामा निराशा फैलिन नदिनेगरी काम गर्नुपर्छ’

म्याग्दी- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन्।

अन्नपूर्ण गाउँपालिका-३ स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन्।

‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ। राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ’, उनले भने।

उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको बताए। कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताए।

प्रकाशित: २८ जेठ २०८२ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast