झापामा तीनजना मृत फेला

हिमाल प्रेस २८ जेठ २०८२ ११:४८
12
SHARES
झापामा तीनजना मृत फेला प्रतीकात्मक तस्बिर।

झापा- झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा-११ नयाँबस्तीमा शव भेटिएका हुन्।

अर्जुनधारा-४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

प्रकाशित: २८ जेठ २०८२ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast