अखिलको अनुशासन आयोगको अध्यक्षमा मुना तिवारीको उम्मेदवारी

हिमाल प्रेस २८ जेठ २०८२ ९:५४
234
SHARES
अखिलको अनुशासन आयोगको अध्यक्षमा मुना तिवारीको उम्मेदवारी

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्षमा मुना तिवारीले उम्मेदवारी दिएकी छन्। अखिलको जारी २४ औँ महाधिवेशनमा तिवारीले आयोग अध्यक्षमा उम्मेदवारी दिएकी हुन्।

गृहजिल्ला झापा भएकी मुना अखिलमा ३ कार्यकालदेखि केन्द्रीय सदस्य रहेकी छन्। एमाले संस्थापनको पक्षमा खुलेर वकालत गर्ने एवं अध्ययनशिल नेत्रृका रूपमा उनी चिनिन्छन्। राजनीतिक शास्त्र र व्यवस्थापनमा स्नातकोत्तर हुन्। साथै कानुन विषयमा स्नातक पास गरेकी नेतृ हुन्।

विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन -स्ववियुमा समेत प्रतिस्पर्धा गरेकी उनले यसपटक अनुशासन आयोगमा जितेर विद्यार्थी राजनीतिबाट नयाँ काम गर्न चाहेको बताएकी छन्।

प्रकाशित: २८ जेठ २०८२ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast