विद्यार्थीले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालय तयार गर्नुपर्छ : ओली

हिमाल प्रेस २७ जेठ २०८२ १७:५८
22
SHARES
विद्यार्थीले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालय तयार गर्नुपर्छ : ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताएका छन्।

मंगलबार जनकपुरमा राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई इच्छा लागेका विषयहरु पढ्न पाए उनीहरूले आफ्नो प्रतिभा देखाउन सक्ने बताएका हुन्।

उनले प्रतिभा नभएर नभई आफूलाई इच्छा लागेको बिषय पढ्न नपाएर विद्यार्थीहरू फेल हुने गरेको जिकिर गरे। उनले राजर्षि जनक विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरू विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल सावित हुने विश्वास व्यक्त गरे।

विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको राजर्षि जनक विश्वविद्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast