आज मंगलबार, गणेशको दर्शन गर्दै आफ्नो राशिफल हेर्नुस्

हिमाल प्रेस २७ जेठ २०८२ ५:३३
100
SHARES
आज मंगलबार, गणेशको दर्शन गर्दै आफ्नो राशिफल हेर्नुस्

आज २०८२ साल जेठ २७ गते मंगलबार। जेठ शुक्ल चतुर्दशी तिथि।  पञ्चाङ्ग: सिद्ध वणिज अनुराधा। तदनुसार सन् २०२५ जुन १० तारिख। यो राशि जगदीश सुवेदीले तयार पारेका हुन्।

मेष

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाईलेखाइमा प्रगति हुनेछ।

वृष

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मिथुन

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

कर्कट

साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

सिंह

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

कन्या

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

तुला

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

वृश्चिक

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यवसायबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

धनु

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

मकर

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

कुम्भ

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

मीन

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ।

प्रकाशित: २७ जेठ २०८२ ५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast