पोखरामा हत्या भएका भनिएका व्यक्ति ट्रयाक्टर दुर्घटनामा परेको आशंका

हिमाल प्रेस २६ जेठ २०८२ २१:१४
102
SHARES
पोखरामा हत्या भएका भनिएका व्यक्ति ट्रयाक्टर दुर्घटनामा परेको आशंका

पोखरा- पोखरामा सोमबार बिहान सडकमा मृत फेला परेका युवकको सनाखत भएको छ। मृत्यु हुनेमा तनहुँको भीमाद निवासी २१ वर्षीय मनोज भुजेल हुन्।

पोखरा महानगरपालिका-१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा बेवारिसे एक युवकको शव फेला परेपछि ‘हत्या’ आशंकाले सनसनी मच्चिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा समेत घटनास्थलमा हथौडा समेत फेला परेकाले हत्या गरी दोषी फरार भएको हुन सक्ने अनुमान थियो।

तर अनुसन्धान गर्दै जाँदा उक्त घटनाले अर्कै मोड लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

उक्त घटना ‘हत्या’ नभई ‘दुर्घटना’ भएको घटनामा संलग्न २ जनाको प्रारम्भिक बयानमा खुलेको उनले प्रस्ट पारे। प्रहरीले सो घटनामा नियन्त्रणमा लिएकामध्ये एक जना २० वर्षीय ट्रयाक्टर चालक र अर्का १४ वर्षीय बालक हुन्। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन।

सूचना अधिकारी बस्नेतले भने, ‘ट्रयाक्टरमा तीन जना आउँदै गरेकामा एक जना एक्कासि सडकमा खस्दा चक्कामा परेर सो घटना भएको प्रारम्भिक बयानमा खुलेको छ।’ हथौडा भने मनोजले नै समातेको उनको भनाइ छ।

‘उनीहरूको बयानमा मजदुर भएकाले मनोजले नै हथौडा समातेको भन्नेछ,’ सूचना अधिकारी बस्नेतले भने, ‘तर टुल बक्सबाट उछ्टिएको पनि हुन सक्छ। घटनास्थलमा ब्लड (रगत) छ। हथौडासमेत खसेपछि सरासर हत्या भएको भन्ने सबैलाई लाग्नु स्वाभाविक हो।’

उनले पोस्टमार्टम रिपोर्ट आइसकेपछि अरू कुराहरु खुल्दै जाने बताए। ती मजदुरहरु काम गरेर साहुको घर फर्किने क्रममा मध्यरात १२ बजेतिर सो घटना भएको खुलेको छ।

प्रकाशित: २६ जेठ २०८२ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast