
बाँच्नु मात्र पर्छ, के के देखिन्छ भन्ने लोक कथनजस्तै यो संसारमा हामीले धेरै नसोचेका, कहिले नकल्पेका र मनमा कहिल्यै पनि शंकासमेत नगरेका, नउब्जेका कुराबस्तुरघटनाहरू आज भइरहेका छन्।
धेरै वर्षअगाडिको कुरा हो, कतै पढेको थिएँ कि सिंगापुरका रक्षामन्त्रीलाई आजको अमेरिकाले भोलि विश्व व्यवस्थाबाट हात झिकिदिए के हुन्छ भनी एक पत्रकारले प्रश्न गरेका थिए अरे। ठ्याक्कै प्रश्न र विषय भुले पनि आशय भने यही नै थियो।
त्यो बेला यो असम्भव कुरा नै थियो, किन हात झिक्नु र बरू उसको ठाउँमा कुनै अर्को शक्तिशाली राष्ट्र आउला भन्ने नै धेरैलाई लागेको होला। तर अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदयसँगै यो करिबकरिब सत्यताको नजिक पुगेको देखिन्छ।
पहिलो कार्यकालमा उथलपुथल मच्चाएका उनले पुनःअमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै उनका कामकारबाहीले सारा संसारलाई चकित बनाएको छ। उनी आज ‘मेक अमेरिका ग्रेट एगेन’ भनेर चिच्याइरहेका छन् तर विश्वबाट अलग रहेर। के आजको अन्तरसम्बन्धित, अन्तरघुलित संसारमा यो सम्भव छ ररु यो प्रश्नको उत्तर पनि भविष्यको गर्भमा छ।
हिजो न त आज, यो भूमण्डलीकृत संसारमा कुनै पनि देशले एक्लै र एकान्तमा बसेर प्रगति गरेको छैन, न त यो सम्भव छ। अन्तरसम्बन्धित यस विश्वमा शान्ति, स्थायित्व र पारस्परिक समृद्धिका लागि विश्वका सबै देशहरूसँग सम्बन्ध विकास गर्नु आवश्यक छ भने छिमेकी देशहरूसँग त अझै बलियो सम्बन्ध गाँस्नु महत्त्वपूर्ण छ।
चीनले अघि सारेको साझा भविष्यसहितको समुदाय निर्माणको अवधारणाले क्षेत्रीय सद्भाव, सहयोग र ऐक्यबद्धता, पारस्परिक विकास र सम्मान र सामूहिक सुरक्षाको महत्त्वलाई जोड दिन्छ। भूगोल, इतिहास र अर्थतन्त्रले बाँधिएका छिमेकी देशहरूका लागि साझा भविष्यसहितको समुदायको निर्माण अझ कति महत्त्वपूर्ण छ भनिरहनु परेन।
सीमापार व्यापार सम्झौता तथा व्यापार प्रवर्द्धन, यातायात सञ्जालको विकास तथा संयुक्त औद्योगिक र प्राविधिक परियोजनाहरूको स्थापनाले उत्पादकत्वमा वृद्धि, व्यापारमा वृद्धि तथा मालसामानको उपलब्धता र मानिसहरूको आवागमनलाई सहज बनाउँछ। साँध सीमा जोडिएका देशहरूका लागि स्थिरता, आर्थिक वृद्धि र सांस्कृतिक समृद्धि सुनिश्चित गर्ने क्रममा यो एउटा दृष्टिकोण मात्रै होइन, आवश्यकता हो।
व्यापार साझेदारी तथा लगानीका अवसरहरूले ल्याउने आर्थिक वृद्धिले रोजगारी सिर्जना गर्न र जीवनस्तर उकास्न मद्द्त गर्दछ। भूकम्प, बाढीजस्ता प्राकृतिक प्रकोप वा महामारीजस्ता विपद्मा एक अर्कामा द्रुत सहायता सुनिश्चित गर्दछ। व्यापार, सुरक्षा, सांस्कृतिक आदानप्रदानका दृष्टिले एक अर्को छिमेकी देशलाई स्वाभाविक रूपमा प्रभाव पारेको हुन्छ नै, यस अवस्थामा सीमा व्यवस्थापन र विश्वास निर्माण गर्न सहयोग पुग्छ जसबाट द्वन्द्वको गुञ्जायस हुँदैन।
संयुक्त सैन्य तथा प्रहरी अभ्यास र आतंकवादविरूद्धको साथ र समर्थनबाट उन्नत सुरक्षा र स्थिरता प्राप्त गर्न सकिन्छ। जलवायु परिवर्तनको न्यूनीकरण तथा वातावरण संरक्षणको क्षेत्रमा संयुक्त रूपमा अगाडि बढ्न सहयोग मिल्छ र हरित ऊर्जा विकासको क्षेत्रमा साझेदारी गर्नसकिन्छ।
शिक्षा क्षेत्रमा आदानप्रदानको कार्यक्रमबाट जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन सकिन्छ जसबाट शिक्षा क्षेत्रमा संयुक्त अनुसन्धान मात्र नभइ सांस्कृतिक, ऐतिहासिक क्षेत्रको जानकारी प्राप्त हुनुका साथै एकआपस बीच पर्यटन प्रवर्द्धन हुनपुग्छ।
जनस्तरको आदानप्रदानले विश्वास र समझदारी निर्माण गर्न सहयोग गर्छ। साथै, समावेशी विकासलाई प्रवर्द्धन गर्ने यस अवधारणाले सबै राष्ट्रहरू, चाहे जुनसुकै आकारको भए तापनि लाभान्वित हुने कुरा सुनिश्चित गर्दछ।
अतः सहयोग र सहकार्यलाई प्राथमिकता तथा निर्बाध व्यापार सञ्चालन र सुदृढ कूटनीतिक सम्बन्ध भएबाट छिमेकी देशहरूले शान्तिपूर्ण, समृद्ध र अन्तरसम्बन्धित क्षेत्र निर्माण गर्नसक्छन्। छिमेकी देशहरूसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्नु दिगो विकासका लागि एउटा व्यावहारिक मार्ग मात्रै होइन। यसले पारस्परिक सम्मान, साझा जिम्मेवारी र साझा लक्ष्यप्रतिको प्रतिबद्धताले उज्ज्वल भविष्य सुनिश्चित गर्दछ।
हिमालयको वारपार रहेका चीन र नेपाल बीच धर्म, संस्कृति तथा व्यापारको सम्बन्ध युगौँ पुरानो हो। हालैका दशकहरूमा, यो सम्बन्ध एक रणनीतिक साझेदारीको रूपमा विकसित भएको छ, जुन पूर्वाधार विकास, आर्थिक सहयोग र क्षेत्रीय कनेक्टिभिटीद्वारा सञ्चालित छ। चालु वर्ष नेपाल चीन बीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाउँदै गर्दा चीन र नेपालको ऐतिहासिक सम्बन्धबाट आधुनिक रणनीतिक साझेदारीमा रूपान्तरण भइरहेको छ।
दुईपक्षीय सहकार्यले हिमालयपार पनि समृद्धि र स्थिरता ल्याउने छ। आर्थिक तथा पूर्वाधार सहयोग बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० र ट्रान्सहिमालयन कनेक्टिभिटी र वैश्विक विकास र सभ्यता पहलले दुई देश बीच थप आयाम थप्ने नै छ।
बौद्ध धर्म र चिनियाँ पर्यटक तथा चिनियाँ भाषा अध्ययनप्रति नेपालीको बढ्दो माग र चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीले जनस्तरमा सम्बन्धको विकासलाई योगदान दिइरहेको छ। यसरी पूर्वाधार निर्माण, व्यापार र संस्कृतिले जनस्तरको सम्बन्धमा साँचो अर्थमा साझा भविष्यसहितको समुदाय निर्माण गरिरहेको छ।
यसैबीच, ‘बिल्डिङ अ कम्युनिटी विद अ सेयर्ड फ्युचर विथ नेबरिङ कन्ट्रिज पोलिटिकल पार्टीज इन् एक्सन’ शीर्षकीय कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै मात्र चीनको भम्रण गरेकी छन्।
मे २५ देखि २६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीले छिमेकी मुलुकका राजनीतिक पार्टीहरूसँगको संवादमा ‘छिमेकी देशहरूसँग साझा भविष्यसहितको समुदायको निर्माणस् कार्यमा राजनीतिक पार्टीहरू’ भन्ने मूल नाराका साथ बेइजिङमा कार्यक्रम आयोजना गरेको थियो। उनले छिमेकी देशहरूसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणले क्षेत्रीय देशहरूलाई एकताबद्ध हुन र एकअर्कालाई सहयोग गर्न र संयुक्त रूपमा एसिया निर्माण गर्न महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ च्येनछाओले चीन सबैभन्दा धेरै भूमि र समुद्री छिमेकीहरू भएको देश भएको भन्दै चीनले लामो समयदेखि आफ्ना छिमेकीसँग मित्रता र साझेदारी विकास गर्ने नीति र असल नियतका साथ काम गर्ने र अरूसँग मित्रवत् व्यवहार गर्ने सिद्धान्त, मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताको अभ्यास गर्दै आएको बताए।
उनले भने, ‘चीन आफ्ना छिमेकी देशहरूसँग साझा भविष्यसहितको समुदाय निर्माण गर्न प्रतिबद्ध छ। आफ्ना छिमेकी मुलुकहरूसँग चीनको सम्बन्ध आधुनिक समयमा सबैभन्दा राम्रो अवस्थामा छ। साथै विश्व उथलपुथल र अस्थिरताको युगमा छ। चीन र यसका छिमेकी देशहरू विकासको उच्च चरणमा प्रवेश गरेका छन्। नयाँ लक्ष्य र कार्यहरूको सामना गरिरहेका छन्।’
लिउले छिमेकी मुलुकहरूसँगको चीनको सम्बन्धका चार खम्बाका विषयमा विस्तृत चर्चा गर्दै अनुकूल वातावरणका लागि शान्ति र सुरक्षा पूर्वसर्त भएको बताए। लिउले भने, ‘सुरक्षा, विकास, सभ्यता र पारस्परिक विश्वासका चार खम्बालाई संयुक्त रूपमा कायम राख्नुहोस् र अशान्त युगमा आँधीबेहरीबाट आश्रय लिनका लागि साझा घर निर्माण गर्नुहोस्।’
बैठकले छिमेकी मुलुकहरूबीच साझा भविष्यसहितको समुदाय निर्माणलाई सहजीकरण गर्न चिनियाँ कम्युनिस्ट पार्टी र छिमेकी मुलुकका राजनीतिक दलहरूको संयुक्त पहललाई अनुमोदन समेत गरेको छ। यस पहलले छिमेकी मुलुकका राजनीतिक दलहरूलाई छिमेकमा साझा भविष्यसहितको समुदाय निर्माण गर्ने राजनीतिक सहमतिलाई ठोस कार्यमा रूपान्तरण गर्न र संयुक्त रूपमा यस क्षेत्रका देशहरूको उज्ज्वल भविष्य सिर्जना गर्न प्रयास गर्न आह्वान गर्दछ।
यसै गरी पूर्वराष्ट्रपति भण्डारीले कान्सु प्रान्तको तुन्ह्वाङमा आयोजित सभ्यताहरू बीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै विभिन्न संस्कृतिको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र सांस्कृतिक संगम सहअस्तित्व रहेको उल्लेख गरिन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका उपराष्ट्रपति हान चङले विविध सभ्यता बीच सुमधुर सहअस्तित्वलाई प्रवर्द्धन गर्न संवाद र सञ्चारको माध्यमबाट मतभेद र असमझदारीको समाधान गर्न आह्वान गरे। हानले मानव सभ्यताको प्रगति र विश्वको शान्तिपूर्ण विकासका लागि विभिन्न सभ्यता बीच समान आदान प्रदान र पारस्परिक सिकाइले बलियो गति प्रदान गर्ने बताए।
‘हामीले एकअर्काको सम्मान र सशक्तीकरण गर्नुपर्छ, संयुक्त रूपमा विश्व सभ्यताको विविधताको सम्मानको वकालत गर्नुपर्छ, र सबै सभ्यताको विकास र विविधतामा सद्भावलाई बढावा दिनुपर्छ,’ उपराष्ट्रपति हानले भने। चीन मानव प्रगतिको पक्षमा दृढतापूर्वक उभिने र अन्य देशहरूसँग बहुपक्षीयतालाई कायम राख्ने तथा वैश्वीक सभ्यता पहललाई सक्रिय रूपमा कार्यान्वयन गर्ने र गहन र ठोस बेल्ट एन्ड रोड सहयोगलाई बढावा दिने पनि बताए।
चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि चीनले पहिलोपटक छिमेकी मुलुकसँग साझा भविष्यसहितको समुदाय निर्माणको वकालत गर्दै छिमेकी कूटनीतिमा मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताका सिद्धान्त अघि सारेको थियो। त्यसपछि, चिनियाँ राष्ट्रपति सी चिनफिङले विभिन्न अवसरमा यस अवधारणाको उल्लेख गर्दैआएका छन्।
राष्ट्रपति सीले सन् २०१५ मा संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा ‘सबै मानवजातिका लागि साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने रोडम्याप प्रस्तुत गरेका थिए।
‘सबै मानवजातिका लागि साझा भविष्यको समुदाय’ को अवधारणा र त्यसको रोडम्याप प्रस्ताव गरेर चीनले मानवजातिको भविष्यसँग सम्बन्धित प्रमुख समस्याहरू समाधान गर्न चिनियाँ ज्ञान र चिनियाँ योजना प्रस्तुत गरेको छ। यस अवधारणाले ठूलो शक्तिको रूपमा चीनको विश्वव्यापी दृष्टिकोण र जिम्मेवारीलाई दर्शाएको छ।
एक असल छिमेकी, असल मित्र र यस क्षेत्रका देशहरूको असल साझेदारको रूपमा चीनले मानवजातिका लागि साझा भविष्यसहितको समुदायको उज्ज्वल भविष्य सिर्जना गर्न छिमेकी देशहरूसँग हातेमालो गर्दै यस क्षेत्र र विश्वमा थप आशा ल्याउने छ।
एउटा चिनियाँ कथन, ‘नजिकको छिमेकी टाढाको नातेदारभन्दा असल हुन्छ’ भनेजस्तै चीनले आफ्ना सबै नजिकका छिमेकी र विश्वलाई यो अन्योलग्रस्त अवस्थाबाट उकास्न सबै मानवजातिका लागि साझा भविष्यसहितको समुदाय अभूतपूर्व अग्रगामी कार्य र संसारलाई परिवर्तन गर्ने महान योजना अघि सारेको हो।
एक दशकभन्दा बढी समयदेखि चीनले आफ्ना छिमेकीहरूसँग मित्रता र साझेदारी विकास गर्ने र सौहार्दपूर्ण, सुरक्षित र समृद्ध छिमेकलाई बढावा दिने मार्गको पालना गर्दैआएको छ र मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशिताको सिद्धान्तलाई कायम राखेको छ।