भिजिट भिसा प्रकरण : यस्तो छ रास्वपाको पाँच बुँदे प्रस्ताव

हिमाल प्रेस २६ जेठ २०८२ १७:५१
20
SHARES
भिजिट भिसा प्रकरण  : यस्तो छ रास्वपाको पाँच बुँदे प्रस्ताव रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पाँच बुँदे प्रस्ताव जारी गरेको छ। रास्वपाले सोमबार सत्तापक्ष र प्रतिपक्षबीचको छलफलका लागि उच्चस्तरीय छानबिन समितिको प्रस्ताव गरेको हो ।

रास्वपाले प्रस्तावमा पाँच दिनभित्र एक उच्चस्तरीय छानबिन समिति गठन गर्न आग्रह गरेको छ, जसले प्रधानमन्त्रीमार्फत आएको सरकारी प्रतिबद्धताको समेत अनुगमन गर्नेछ। उक्त समिति सर्वदलीय सांसदहरूको सहभागितामा गठन गर्ने र ‘लेजिस्लेटिभ ओभरसाइट ग्रुप’को रुपमा पनि काम गर्ने प्रस्ताव गरिएको छ।

छानबिन समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारणका लागि एक कार्यसम्पादन समिति एक दिनभित्र गठन गरिनेछ। यस कार्यसम्पादन समितिले पाँच दिनभित्र छानबिनको कार्यविधि तय गरी समिति गठनको प्रक्रिया टुंग्याउने उल्लेख छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित प्रतिपक्षले अहिले निरन्तर संसद् अवरुद्ध गरिरहेका छन्। प्रतिपक्ष अहिले गृहमन्त्रीको राजीनामाबाट पछाडि हटेर छानबिन समिति गठन हुनुपर्ने बताउँदै आएका छन्।

यी हुन् सहमतिका प्रस्तावित बुँदा

प्रकाशित: २६ जेठ २०८२ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast