मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

हिमाल प्रेस २६ जेठ २०८२ १६:१९
16
SHARES
मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट विराजभक्त श्रेष्ठ।

काठमाडौँ- आफ्नो निर्वाचन क्षेत्रका सांसदसँग भेटेर गुनासा, सुझाव र समस्या राख्न पाउनु हरेक मतदाताको चाहना हुन्छ। यस्तो चाहना थोरै मात्र मतदाताले मात्र पूरा गर्न पाएका हुन्छन्। सांसदको कार्यव्यस्तता र नागरिकको पनि व्यस्तताका कारण आफूलाई मनमा लागेका कतिपय कुरा सांसदसम्म पुर्‍याउन सजिलो पनि छैन।

यस्तै कठिनाइ सम्बोधन गर्न काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ का संघीय प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले प्रविधिको सहयोग लिएका छन्। अब त्यस क्षेत्रका मतदातले आफ्नो क्षेत्रका सांसदसँगका गुनासा अब डिजिटलका माध्यमबाट राख्न पाउने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् संसदीय दलका उपनेता श्रेष्ठले सोमबारदेखि यस्तो व्यवस्था गरेका हुन्। आफ्नो निर्वाचन क्षेत्रका सुझाव, गुनासा तथा समस्याहरू संकलन गर्न यस्तो व्यवस्था गरिएको सांसद श्रेष्ठले बताए। उनले भने, ‘आमनागरिकको सहजता र सुविधाका लागि प्रविधिको प्रयोग गरिएको हो।’ जनसेवाको भावनालाई समयअनुसार नयाँ प्रविधि र प्रणालीमा रूपान्तरण गर्दै लगिने उनले बताए।

कसरी पुर्‍याउने आफ्ना कुरा?

सांसद श्रेष्ठले आफ्नो फेसबुक पेजमा राखेको क्युआरकोड राखेका छन्। त्यसलाई स्क्यान गरेपछि एउटा फाराम देखापर्छ। त्यो फारममा भएका सबै विवरण भरिसकेपछि गुनासा, सुझाव र समस्याहरू एकै ठाउँमा संकलन हुन्छन्। कुनै जिज्ञासा भएमा जबाफ पनि दिइने सांसद श्रेष्ठले बताए।

 

प्रकाशित: २६ जेठ २०८२ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast