
काठमाडौँ- फिल्म ‘सिटामोल’ काे नयाँ तीन पोस्टर सार्वजनिक भएको छ।
पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन्। दोस्रोमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक छन्। तेस्रोमा अभिनेता सौगातको एकल तस्बिर छ। उनी बैशाखीको साहाराले कतै हिँडिरहेझैँ लाग्छ।
सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।
फिल्म दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइनमा बनेको छ।
तुल्सी देवी फिल्म र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण हो। सिमोस सुनुवारको प्रस्तुति रहेको फिलमका निर्मातामा भुगोल कुमार कार्की र विकाश राज जोशी छन्।