गैरआवासीय नेपालीले भने- सरकारले दिएको नागरिकता नेपालकै निकायले चिन्दैनन्

हिमाल प्रेस २६ जेठ २०८२ १३:४९
14
SHARES
गैरआवासीय नेपालीले भने- सरकारले दिएको नागरिकता नेपालकै निकायले चिन्दैनन्

काठमाडौँ- गैरआवासीय नेपालीले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरुले मान्यता नदिएको बताएका हुन्।

गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता प्रदान हुँदै आएको छ। तर अंशबन्डालगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरुको गुनासो छ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरी नागरिकता प्रदान गर्नुपर्ने बताए। उनाले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिकमात्रै हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था कानुनमा गर्नुपर्ने बताए।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैरआवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशजका आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्।

ब्रिटिस गोर्खा सैनिकहरुले पनि नागरिकतामा विभेद भएकाले अव कानून बनाउदा त्यसमा ध्यान दिनुपर्ने बताएका थिए। समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने र त्यसलाई विधेयकमा समावेश गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २६ जेठ २०८२ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast