शिक्षा मन्त्रालय शिक्षकको मागप्रति गम्भीर छैन : महासंघ उपमहासचिव जोशी

हिमाल प्रेस २६ जेठ २०८२ १२:५८
2.0k
SHARES
शिक्षा मन्त्रालय शिक्षकको मागप्रति गम्भीर छैन : महासंघ उपमहासचिव जोशी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव मदनराज जोशीले शिक्षकमाथि झुटा आश्वासन दिने, आन्दोलन तुहाउने र वार्ता प्रक्रियालाई दलको दबाबमा लम्पसार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।

उनले पछिल्ला चरणमा भएका वार्ता र सहमतिहरू कार्यान्वयन नहुनु, बाल विकास, अनुदान शिक्षक र आवधिक बढुवाका विषयमा सकारात्मक संकेत नदेखिनु दुःखद् भएको बताए। उनले शिक्षा मन्त्रालयले राहत शिक्षकहरूलाई विभाजन गरेर उनीहरूको माग निष्क्रिय पार्ने प्रयास गरिरहेको आरोपसमेत लगाए।

‘यी तीन प्रमुख दल र मन्त्रालयका कर्मचारी शिक्षकको मुद्दाप्रति सकारात्मक छैनन्,’ आइतबार सामाजिक सञ्जालमा जोशीले भने,‘यदि सकारात्मक हुन्थे भने उपसमितिबाट स्पष्ट टुंगो लागिसक्थ्यो।’

जोशीले सामुदायिक विद्यालयको समस्यातिर कसैको ध्यान नजाँदा संस्थागत विद्यालयतर्फ मात्र प्राथमिकता देखिएको गुनासो गरे। पछिल्लो २७ बुँदे सहमतिले शिक्षकहरूमा नैराश्यता थपिएको भन्दै उनले भएको कुरा छर्लङ्ग गरिनुपर्ने धारणा राखे।

 ‘सरकारले जस्तै छलकपट, जालझेल गरेर एक कुरा भनी अर्कै गर्नु अब सह्य हुँदैन,’ उनले भने, ‘शिक्षकबाट शिक्षक ठगिने अवस्था दोहोरिनुहुँदैन।’

उनले सबै शिक्षक संगठन र सरोकारवालाहरूलाई सबै प्रकारका शिक्षकहरूको पीडा सम्बोधन हुने गरी समस्या समाधानका लागि साझा पहल गर्न पनि आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast