सुनको मूल्य घट्यो, चाँदीमा सामान्य वृद्धि

हिमाल प्रेस २६ जेठ २०८२ ११:५९
34
SHARES
सुनको मूल्य घट्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ- साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबारको तुलनामा सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। आइतबार प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार १ सय ५० रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस ३३११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २६ जेठ २०८२ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast