‘एक्लो’ मा अभिनेता सुनील र एवनराजको क्यारेक्टर 

हिमाल प्रेस २६ जेठ २०८२ १०:५३
14
SHARES
‘एक्लो’ मा अभिनेता सुनील र एवनराजको क्यारेक्टर 

काठमाडौँ- फिल्म ‘एक्लो’ का अभिनेता सुनील थापा र एवनराज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले यसअघि कलाकार प्रदीप खड्का, विजय लामा, दिया पुन, बेनिसा हमाल, कविता नेपाली, सुरजसिंह ठकुरी, जेमी बेकनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ।

साइन्स फिक्सनमा आधारित निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो। उनी लामो समयदेखि बेलायत बस्दै आएका छन्।

एक्लो टिमले केही साताअघि मात्र कान्समा स्टल राखेर फिल्मको मार्केटिङ गरेको थियो। कान्सपछि ‘एक्लो’ को चर्चा बढेको छ। हाल फिल्मको लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण टिमले जनाएकाे छ।

फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। फिल्ममा अन्य कलाकारहरू दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योनसविक सिंह र बेलायती अभिनेता जेमी बेकनले अभिनय गरेका छन्।

फिल्म बाबु श्रेष्ठको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, द्रोणप्रसाद पौडेल ‘ठेउके’ को प्रोडक्सन डिजाइनमा बनेको छ।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।

प्रकाशित: २६ जेठ २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast