
पोखरा- पोखरामा सोमबार बिहान एकजना युवकको हत्या गरिएको आशंका गरिएको छ।
पोखरा महानगरपालिका वडा नं.१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको युवकको शव फेला परेको हो।
घटनास्थलमा हथौडा फेला परेको हुनाले हत्या गरी फरार भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ। मृतकको सनाखत हुन सकेको छैन।
प्रकाशित: २६ जेठ २०८२ ८:३१
प्रतिक्रिया