प्रतिनिधिसभाको बैठक फेरि स्थगित

हिमाल प्रेस २५ जेठ २०८२ १८:३५
24
SHARES
प्रतिनिधिसभाको बैठक फेरि स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद् भवनमा आइतबार साँझ बसेको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको हो। बैठक सुरु हुनासाथ विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न संसदीय समिति  गठनको माग गर्दै उठेर विरोध जनाएका थिए।

सभामुख देवराज घिमिरेले पटकपटक बैठक अघि बढाउन आग्रह गर्दा पनि विपक्षी दलहरू सहमत नभएपछि बैठक सोमबार दिनको २ सम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने मागसहित जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। बैठक सञ्चालनका लागि सभामुख घिमिरेले गरेको पहल सार्थक हुन सकेको छैन।

प्रतिपक्षी दल माओवादीले भने बैठक सञ्चालनका लागि आफूहरू सकारात्मक भए पनि सरकार लचक नबनेको आरोप लगाएको छ।  संसद् भवनमा आइतबार पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताए। उनले निकास निकाल्नका लागि माओवादीमात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे।

बजेट अधिवेशनमा निश्चित समयभित्र बजेट पारित गर्नुपर्ने अवस्था भए पनि सरकार र दलहरू बैठक सञ्चालन गर्न गम्भीर देखिएका छैनन्।

प्रकाशित: २५ जेठ २०८२ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast