प्रधानमन्त्री ओलीले गरे त्रिवि क्रिकेट मैदानको स्थलगत निरीक्षण (तस्बिरहरू)

हिमाल प्रेस २५ जेठ २०८२ १८:०३
14
SHARES
प्रधानमन्त्री ओलीले गरे त्रिवि क्रिकेट मैदानको स्थलगत निरीक्षण (तस्बिरहरू)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन्।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि चासो देखाउँदै आएका छन्।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगाएत निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराएका थिए। टियु क्रिकेट मैदानको निरीक्षण गरेपछि प्रधानमन्त्री ओलीले टियु क्रिकेट मैदानमा उत्साहपूर्ण ढंगले काम भइरहेको बताए। प्याराफिट र फ्लडलाइट जडानको कार्य केही ढिला भए पनि अब छिटै सम्पन्न हुने उनको विश्वास छ। प्रधानमन्त्री ओलीले टियु क्रिकेट मैदान नेपालकै गौरवको खेल मैदान भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते पनि सिंहदरबारमा सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिए।

प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो। आगामी आर्थिक वर्षमा सरकारले कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: २५ जेठ २०८२ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast