अमेरिकाको लसएन्जल्समा ट्रम्पविरूद्ध प्रदर्शन

हिमाल प्रेस २५ जेठ २०८२ १७:४९
24
SHARES
अमेरिकाको लसएन्जल्समा ट्रम्पविरूद्ध प्रदर्शन तस्बिर : एपी

काठमाडौँ- अमेरिकाको लसएन्जल्समा अवैध प्रवासीविरूद्ध भएको छापामारीको विरोधमा प्रदर्शन भएको छ। प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल गार्ड्सका दुई हजार जवान परिचालन गर्न आदेश दिएका छन्।

अमेरिकी इमिग्रेसन एजेन्सी (आईसीई) ले गरेको कारबाहीका क्रममा गएको साता ११८ जना पक्राउ परेका छन्।

क्यालिफोर्नियाका गभर्नर गेविन न्यूसमले यो कारबाहीलाई ‘क्रूर’ भनेका छन्।

प्रदर्शनका क्रममा क्यालिफोर्नियाको सहर लसएन्जल्सको पैरामाउन्ट क्षेत्रमा लातिनी समुदाय र अमेरिकी इमिग्रेसन एजेन्सीका अधिकारीबीच झडपसमेत भएको बीबीसीले जनाएको छ।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै लाठीसमेत चलाएको छ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन नियन्त्रण गर्न परिचालन भएका नेशनल गार्ड्सलाई धन्यवाद भनेका छन्। साथै उनले प्रदर्शनका क्रममा मास्क प्रयोग गर्न नपाइने बताएका छन्।

ट्रम्पले क्यालिफोर्नियाका डेमोक्रेट नेताहरूको आलोचनाका साथै प्रदर्शनकारीहरूको निन्दा गरेका छन्।

ट्रम्पले भनेका छन्,‘यो प्रदर्शन कट्टर वामपन्थी र होहल्ला गर्नेहरूको तर्फबाट भइरहेको छ। अब यिनीहरूलाई कुनै पनि हालतमा सहन सकिँदैन।’

उनले सामाजिक सञ्जालमा प्रदर्शनकारीहरूलाई मास्क प्रयोग गर्न अनुमति नदिइने बताएका छन्।

प्रकाशित: २५ जेठ २०८२ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast