‘द ब्ल्यू लाइट’ मा वेनिशा

हिमाल प्रेस २५ जेठ २०८२ १६:५०
8
SHARES
‘द ब्ल्यू लाइट’ मा वेनिशा

काठमाडौँ- छायांकनरत फिल्म ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार तनाव मुद्रामा देखिएकी फिल्मकी मुख्य कलाकार वेनिशा हमालको तस्बिर सार्वजनिक गरेको हो।

सहरीया युवतीको भूमिकामा देखिएकी छन्, अभिनेत्री वेनिशा। अभिनेत्री वेनिशाको एक छेउमा मदिराको गिलास छ। हातमा चुरोट लिएकी छन्। पोस्टरको पृष्ठभूमिमा मदिरा बार छ।

फिल्मका लेखक तथा निर्देशक बलिराम चौहान हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बन्नेछ।  निर्माण टिमले  फिल्मकाे कथाबारे खुलाएको छैन्।

गत साता बिहिबारबाट फिल्मको छायांकन सुरु गरिएको हो। २० दिनमा फिल्मकाे छायांकन सक्ने टिमकाे याेजना छ। फिल्ममा वेनिशासहित अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ लगायत कलाकारको अभिनय रहनेछ।

रमन ग्रे निर्माता रहेको फिल्म स्काइफल पिक्चर्सको प्रस्तुत बन्न लागेको हो।

प्रकाशित: २५ जेठ २०८२ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast