पिपल चौतारी गजल साँझ सम्पन्न, ३० गजलकारको भावपूर्ण प्रस्तुति

हिमाल प्रेस २५ जेठ २०८२ १६:२०
48
SHARES
पिपल चौतारी गजल साँझ सम्पन्न, ३० गजलकारको भावपूर्ण प्रस्तुति

काठमाडौँ– साउथवेस्टन साहित्य समाजद्वारा आयोजित ‘पिपल चौतारी गजल साँझ’ शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ३० जना गजलकारहरूले आफ्ना सशक्त गजल वाचन गरेका थिए। वरिष्ठ गजलकार रामबहादुर पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम शिक्षाप्रेमी एवम् साउथवेस्टन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पहाडीले गजलमा संगीत, स्वर र शब्दको त्रिवेणी हुनुपर्ने धारणा राख्दै गजलको सौन्दर्यमाथि प्रकाश पारेका थिए। अर्का वरिष्ठ गजलकार ललिजन रावलले ‘गजल प्रणय वा प्रेमको विषयमा मात्र होइन, जीवनका विविध पक्षहरू समेटिनुपर्ने कला हो’ भन्ने धारणा व्यक्त गरेका थिए। गजलकार घनेन्द्र ओझाले गजलको परिभाषामाथि छोटो मन्तव्य दिँदै, ‘गजलमा हास्य होइन, हार्दिकता र संवेदनाको समावेश हुनु आवश्यक हुन्छ,’ भने।

संगीतकार सन्तोष श्रेष्ठले कविवर लेखनाथ पौड्यालको गजल ‘हे मातृभूमि! तिम्रा हामी सबै पुजारी’ गाएर उपस्थित श्रोता-दर्शकलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रमको अध्यक्षता साउथवेस्टन साहित्य समाजका अध्यक्ष राजेन्द्र लामिछानेले गरेका थिए भने सञ्चालन गजलकार एचके लामिछानेले गरेका थिए। स्वागत मन्तव्य गजलकार रेणुका भण्डारीले राख्दै सबैलाई ‘पिपल चौतारी गजल साँझ’ मा स्वागत गरेकी थिइन्।

कार्यक्रममा गजल वाचन गर्ने प्रमुख गजलकारहरूमा विदुर तिमल्सिना, विमला दाहाल, सिद्धनारायण आचार्य, देविरमण तिवारी, संगीता थापा, विपिन मर्म, देवेन्द्र केसी, दीपेश घिमिरे, अर्जुन अन्योल, सुनिल अधिकारी, भुवन निस्तेज, सुशीला धमला, गणेश खतिवडा, एनबी जनकपुरे, टेकनाथ कोइराला, डा. विष्णु न्यौपाने, गणेश महरा, उदास कार्की, ललितजंग रावल, रेणुका भण्डारी, सन्तोष श्रेष्ठलगायत थिए।
साउथवेस्टन साहित्य समाजले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो साँझ गजल साहित्यप्रति सम्मान, सौन्दर्यबोध र सिर्जनात्मक अभिव्यक्तिको निरन्तरताको प्रतीक बनेको छ।

प्रकाशित: २५ जेठ २०८२ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast