
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुको योगदानका बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएका छन्।
सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
देउवाले नेताहरुको योगदानका बारेमा किताबहरुमा प्रकाशन गरेर प्रचारप्रसार गर्न आवश्यक रहेको बताए। राधेश्याम जोन्छे जुझारु नेताको रुपमा परिचित रहेको उनले स्मरण गरे। उनले नेताहरुको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे।
सभापति देउवाले उनको सम्बन्धमा अझै प्रचारप्रसार नभएको भन्दै खोजबिन गरेर किताब निकाल्नुपर्नेमा जोड दिए। देउवाले आफूले उनलाई मन्त्री बनाउन चाहे पनि तयार नभएको स्मरण गरे।