
काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ अफिसियल टिजर सार्वजनिक भएको छ। एक मिनेट ३४ सेकेन्डको टिजर ओएसआर ढिजिटलबाट सार्वजनिक गरिएको हो।
फिल्ममा नेपालीको पहिचानसहित भाषा, साहित्य, इतिहास, कलाको महत्व उठान गरिएको छ। फिल्म अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) ले लेखन तथा निर्देशन गरेका हुन्। आगामी असार २७ देखि प्रदर्शन हुनेछ।
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवन्शीलगायत कलाकारको अभिनय छ।
सौरभ लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्म देव महर्जनको द्वन्द्व निर्देशन, दीपक शर्मा, विकास चौधरी र तोरिम्पा हाङ राईको संगीत, गीतकार शंकर अधिकारी घायल, विल्सन बिक्रम राइ, दीपक शर्मा र अनिश अधिकारीको शब्द, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ।
फिल्मका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) हुन्। फिल्म पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको छ।