बजेटमा प्राथमिकता तय गरेर खर्च गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

हिमाल प्रेस २५ जेठ २०८२ १२:५९
18
SHARES
बजेटमा प्राथमिकता तय गरेर खर्च गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौँ- पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले तीनै तहका सरकारले आर्थिक अनुशासनमा बस्नुपर्ने र अनावश्यक खर्च कटौती गर्नुपर्ने बताएका छन्।

रासससँगको अन्तर्वार्तामा उनले प्राथमिकता नतोकिकन गरिने बजेट खर्चले नतिजा नआउने भन्दै नीतिगत रूपमा दुरुपयोग रोक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे।

‘उपभोक्ता समितिको नाममा बजेट दुरुपयोग भइरहेको सूचना छ, त्यसलाई कडाइका साथ नियमन गर्नुपर्छ,’ उनले भने।

संघीयता कार्यान्वयनसँगै संरचना निर्माणको अधिकार प्रदेशलाई दिइएको भए पनि स्रोत सुनिश्चित नगरी बनाइएका संरचना टिकाउ नहुने बताउँदै उनले ‘सरकारले प्राथमिकताका आधारमा मात्र खर्च गर्नुपर्छ’ भने।

आर्थिक वर्ष २०८२/८३ को बजेटबारे टिप्पणी गर्दै डा.महतले स्रोत सीमितताबीच सरकारले तर्कसंगत ढंगले योजना बनाउनु पर्ने आवश्यकता औंल्याए। ‘सबै क्षेत्रमा बोल्न पाइँदैन, प्राथमिकताका आधारमा मात्र खर्च गर्नुपर्छ,’ उनको सुझाव छ।

संविधान कार्यान्वयन, संसदीय अभ्यास, निर्वाचन प्रणाली र राजनीतिक स्थिरता सम्बन्धी विषयमा पनि उनले धारणा राखे।

प्रकाशित: २५ जेठ २०८२ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast