‘कल्ली’ फागुन १ मा प्रदर्शन

हिमाल प्रेस २५ जेठ २०८२ १२:३८
12
SHARES
‘कल्ली’ फागुन १ मा प्रदर्शन

काठमाडौँँ- लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘कल्ली’ आगामी फागुन १ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले आइतबार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फागुन १ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

एक पोस्टरमा कलाकारहरू सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारतीको चरित्र प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा अभिनेता सौगात मल्ल रिसाहा अवतारमा बाघसँग देखिएका छन्। उनको हातमा भाला छ। भालामा रगत  पनि देखिन्छ। फिल्मको पोस्टर राकेश दाहाल तयार पारेका हुन्।

किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद छ। सामाजिक कथा रहेकाे फिल्ममा मानिसमा लोभको भावनाले जीवनमा आइपरेको उतारचढाव प्रस्तुत गरिएको निर्माण टिमको दाबी छ।

फिल्ममा अन्य कलाकार वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सञ्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, श्याम मगर र बाल कलाकारको रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडाले अभिनय गरेका छन्।

फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा ‍बनेकाे छ।

प्रकाशित: २५ जेठ २०८२ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast