‘बलिदान’मा सौगातकाे क्यारेक्टर लुक्स

हिमाल प्रेस २५ जेठ २०८२ १२:०२
16
SHARES
‘बलिदान’मा सौगातकाे क्यारेक्टर लुक्स

काठमाडौँ- फिल्म ‘बलिदान’ मा अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले अभिनेता मल्लको दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन्।

एक पोस्टरमा अभिनेता मल्लको एउटा आँखा कालो छ। उनले लामो केश, दाह्री, र गाढा रङको वस्त्र धारण गरेका छन्। एउटा हलमा राँको देखिन्छ। पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ।

अर्कोमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन्। पोस्टरले फिल्मको कथा द्वन्द्वात्मक रहेको अनुमान गर्न सकिन्छ।

निर्देशक सन्तोष सेनकाअनुसार ‘बलिदान’मा अभिनेता मल्लको फरक अवतारमा प्रस्तुत भएका छन्।  अर्का अभिनेता समीर भट्ट मुख्य भूमिकामा रहेकोले पनि यो फिल्म प्रतिक्षारत बनेको छ।

फिल्ममा अन्य कलाकार अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत छन्। फिल्म आगामी दसैँको फूलपातीमा प्रदर्शन हुनेछ।

फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्। आसुसेन फिल्म्स् को प्रस्तुति रहेको छ।

प्रकाशित: २५ जेठ २०८२ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast