
काठमाडौँ- शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा ५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
प्रकाशित: २५ जेठ २०८२ ११:१३
प्रतिक्रिया