छायांकनमा सुशील र अञ्जनाको अभिनीत ‘परिवर्तन’

हिमाल प्रेस २५ जेठ २०८२ ११:११
12
SHARES
छायांकनमा सुशील र अञ्जनाको अभिनीत ‘परिवर्तन’

काठमाडौँ- फिल्म ‘परिवर्तन’को छायांकन सुरु भएको छ। झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजासहित फिल्मको छायांकन थालिएको हो।

४० दिन सम्म फिल्म पूर्वी नेपालका विभिन्न स्थान झापा, विराटनगर र इलाममा छायांकन गरिनेछ। विजय केरुङले निर्देशक गर्ने फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिकामा देखिनेछन्।

निर्देशक करुङकाअनुसार फिल्म नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई पनि उजागर गर्नेछ। फिल्मको कथा निर्देशक केरुङ स्वंमले लेखेका हुन्।

सुशील र अञ्जनासहित फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्की, पुकार भट्टराई, यमनाथ खरेललगायत कलाकारको अभिनय रहनेछ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता दीपक शिवाकोटी हुन्। फिल्म निर्देशन शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशनर भीमसेनको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन्।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि।सं। २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए। करित्र पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर दर्शक माझ आउन लागेको हो।

प्रकाशित: २५ जेठ २०८२ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast