
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना संकटमा परेको अवस्थामा त्यसलाई बचाउन र शीघ्र कार्यान्वयन गराउन गोरखा र धादिङका सरोकारवालासँग परामर्श गरेका छन्।
डा. भट्टराईले परियोजनाको संरक्षण र अघि बढाउन अझै व्यापक रूपमा सम्बन्धित पक्षहरूसँग परामर्श गरी आवश्यक कदम चाल्नुपर्ने बताए। उनले यो आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले यसको प्रभावकारी कार्यान्वयनमा कुनै ढिलाइ स्वीकार्य नहुने बताए।
सरोकारवाला र विज्ञसँग हालै एक बैठकमा उनले भने,‘राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना तुहाउँदै लगिएको सन्दर्भमा त्यसलाई बचाउन र शीघ्र कार्यान्वयन गराउन आवश्यक पहल गर्नेबारे गोरखा र धादिङका सरोकारवालाहरू र सम्बन्धित विज्ञहरूसँग परामर्श। अझै व्यापक रूपमा परामर्श गरेर आवश्यक कदम चाल्ने समझदारी।’
डा.भट्टराई प्रधानमन्त्री हुँदा परियोजनालाई राष्ट्रिय गौरवको रूपमा घोषणा गरिएको थियो।